मुख्य समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा स्पष्टीकरण सार्बजनिक

Image
सामाजिक संजालमा उठेका विषयमा स्पष्टीकरण दिँदै गृहमन्त्री सुधन गुरुङले भने," हल्ला धेरै छन्, निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।" सुदन गुरुङ भन्नुहुन्छ  ‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️ पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। “२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन। “मन्त्री हुनुअघि सेयर ...

गणतन्त्र असफल, राष्ट्र बचाउने शक्ति राजसंस्था : अभिनेता रमेश उप्रेतीको खुला चेतावनी

काठमाडौं । नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता रमेश उप्रेती ले पछिल्लो समय देशको राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राजसंस्थाको खुलेर समर्थन गरेका छन्। सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमार्फत उनले वर्तमान व्यवस्था जनताको अपेक्षा अनुसार नचलिरहेको भन्दै कडा टिप्पणी गरेका हुन्।
उप्रेतीले देशमा भ्रष्टाचार, राजनीतिक अस्थिरता र विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै राष्ट्र जोगाउन अब बलियो राष्ट्रिय नेतृत्व आवश्यक भएको बताएका छन्। उनका अनुसार गणतन्त्रको नाममा जनतामाथि अन्याय भइरहेको छ र राज्य संयन्त्र जनताको हितभन्दा टाढा पुगेको छ।
“अब धेरै सह्य भइसक्यो, देश प्रयोगशाला बन्न हुँदैन,” भन्दै उनले राजसंस्थालाई राष्ट्रिय एकताको आधार का रूपमा पुनःस्थापित गर्नुपर्ने धारणा राखेका छन्। उनले राजसंस्था कुनै व्यक्ति विशेषको विषय नभई राष्ट्र, राष्ट्रियता र पहिचानसँग जोडिएको मुद्दा भएको उल्लेख गरेका छन्।
कलाकार उप्रेतीको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलिरहेको छ। धेरैले उनको साहसी बोलीको प्रशंसा गरेका छन् भने केहीले मिश्रित प्रतिक्रिया पनि दिएका छन्। यद्यपि, उप्रेती आफ्नो अडानबाट पछि नहट्ने संकेत गर्दै ‘राष्ट्र बचाउने लडाइँमा कलाकार पनि मौन बस्न हुँदैन’ भन्ने स्पष्ट सन्देश दिएका छन्।
उनको भनाइले फेरि एकपटक राजसंस्था बनाम गणतन्त्र बहसलाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ। अब यो विषय राजनीतिक वृत्तमा कुन दिशातर्फ अघि बढ्छ भन्ने चासो बढेको छ।


#RameshUpreti #राजसंस्था #राष्ट्रवादी #KingForNation #Nepalepost

Comments

Popular posts from this blog

राप्रपामा जोडिने क्रम निरन्तर, झापामा ५० भन्दा बढी व्यक्तित्व पार्टी प्रवेश

अनुभवी र सिद्धान्तनिष्ठ नेता कमल थापा फेरि संसदमा पुग्नैपर्ने आवश्यकता !