मुख्य समाचार

गृहमन्त्री सुदन गुरुङद्वारा स्पष्टीकरण सार्बजनिक

Image
सामाजिक संजालमा उठेका विषयमा स्पष्टीकरण दिँदै गृहमन्त्री सुधन गुरुङले भने," हल्ला धेरै छन्, निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु।" सुदन गुरुङ भन्नुहुन्छ  ‼️मेरो नाम जोडिएको विषयबारे स्पष्टीकरण ‼️ पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ। “२५ लाखको सेयर लुकाइएको” भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन। “मन्त्री हुनुअघि सेयर ...

राप्रपामा जोडिने क्रम निरन्तर, झापामा ५० भन्दा बढी व्यक्तित्व पार्टी प्रवेश

 झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ। आज बिहान झापा जिल्लामा आयोजित कार्यक्रममा ५० भन्दा बढी व्यक्तित्वहरू राप्रपामा औपचारिक रूपमा प्रवेश गरेका छन्।

नवप्रवेशीमध्ये साबिक कुमोरखोद गाविस वडा नम्बर ५ का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस का नगर सदस्य अनन्त राजबंशी, साथै गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र का तर्फबाट झापा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार पवित्रा देवी राजबंशी प्रमुख रूपमा रहेका छन्।

कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका प्रवक्ता मा. भक्ति सिटौला ले टीका र खादा लगाई स्वागत गर्नुभयो। स्वागत मन्तव्यका क्रममा उहाँले मुलुकमा विद्यमान राजनीतिक अन्योल, भ्रष्टाचार र अस्थिरताबाट आजित जनताले वैकल्पिक शक्तिको रूपमा राप्रपालाई रोज्न थालेको बताउनुभयो।

प्रवक्ता सिटौलाले भन्नुभयो, “अब सबै नेपाली एकजुट भएर देश बनाउने र देश बचाउने अभियानमा जुट्न आवश्यक छ। राष्ट्रियता, सुशासन र स्थायित्वका लागि राप्रपा मजबुत विकल्प हो।”

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूले पनि मुलुकको वर्तमान अवस्थालाई सुधार गर्न र राष्ट्रहितका मुद्दामा एकताबद्ध भएर अघि बढ्न राप्रपामा आबद्ध भएको प्रतिक्रिया दिएका छन्। राप्रपाले आगामी दिनमा संगठन विस्तार र जनआधार मजबुत बनाउने अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।

















Comments

Popular posts from this blog

अनुभवी र सिद्धान्तनिष्ठ नेता कमल थापा फेरि संसदमा पुग्नैपर्ने आवश्यकता !

गणतन्त्र असफल, राष्ट्र बचाउने शक्ति राजसंस्था : अभिनेता रमेश उप्रेतीको खुला चेतावनी