मुख्य समाचार
राप्रपामा जोडिने क्रम निरन्तर, झापामा ५० भन्दा बढी व्यक्तित्व पार्टी प्रवेश
- Get link
- X
- Other Apps
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ। आज बिहान झापा जिल्लामा आयोजित कार्यक्रममा ५० भन्दा बढी व्यक्तित्वहरू राप्रपामा औपचारिक रूपमा प्रवेश गरेका छन्।
नवप्रवेशीमध्ये साबिक कुमोरखोद गाविस वडा नम्बर ५ का पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस का नगर सदस्य अनन्त राजबंशी, साथै गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र का तर्फबाट झापा गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवार पवित्रा देवी राजबंशी प्रमुख रूपमा रहेका छन्।
कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीका प्रवक्ता मा. भक्ति सिटौला ले टीका र खादा लगाई स्वागत गर्नुभयो। स्वागत मन्तव्यका क्रममा उहाँले मुलुकमा विद्यमान राजनीतिक अन्योल, भ्रष्टाचार र अस्थिरताबाट आजित जनताले वैकल्पिक शक्तिको रूपमा राप्रपालाई रोज्न थालेको बताउनुभयो।
प्रवक्ता सिटौलाले भन्नुभयो, “अब सबै नेपाली एकजुट भएर देश बनाउने र देश बचाउने अभियानमा जुट्न आवश्यक छ। राष्ट्रियता, सुशासन र स्थायित्वका लागि राप्रपा मजबुत विकल्प हो।”
पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूले पनि मुलुकको वर्तमान अवस्थालाई सुधार गर्न र राष्ट्रहितका मुद्दामा एकताबद्ध भएर अघि बढ्न राप्रपामा आबद्ध भएको प्रतिक्रिया दिएका छन्। राप्रपाले आगामी दिनमा संगठन विस्तार र जनआधार मजबुत बनाउने अभियानलाई अझ तीव्र बनाउने जनाएको छ।
- Get link
- X
- Other Apps
















Comments
Post a Comment